सत्ता र शक्ति हातमा लिएर देश बन्द कोठा बनाइयो: उम्मेदवार भण्डारी
पाेखरा | कात्तिक २७, २०७९
पोखरा: प्रदेश सभा र प्रतिनीधी सभा सदस्यको लागि पछिल्लो समयमा चुनावी अभियान तिव्र रुपमा अघि बढिरहेको छ । तर पोखरा मतदाता भने ठुला पार्टीलाइ भन्दा साना पार्टीलाई अवसर दिनुपर्ने धारणा राख्छन ।
कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार बिजय बहादुर भण्डारीको घरदैलाको क्रममा पोखरा १७ का छबी पोख्रेलले पुराना पार्टीले काम नगरेको भन्दै नयाँ पार्टीले चुनाव जित्नुपर्ने धारणा राखे ।
पुराना सत्तामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको वास्था नगरेको आफ्नो र कार्यकर्ताको हितको लागि मात्र काम गरेको भन्दैै ठुला पार्टीले देश बनाउन नसक्ने भण्डारीलाई सुनाए । ‘उनले भने,‘भण्डारी जस्ता युवा र बिकासका योजना भएका नेतालाई भोट दिनुपर्छ अब’ ।
पोखरा १७ का नै टंक गौतम अव ठुला पार्टीलाई मत नदिने पक्षमा रहेको सुनाउ छन । देश विकास गर्न नभइ ठुला पार्टीका नेता स्वार्थ र कुर्सीको लागि चुनावमा होमिएको उनको भनाइ ।
भ्रष्टचार मुक्त देश बनाउन सक्ने देशमा उत्पादनमा जोड दिने नेताको खाँचो रहेको सुनाए । पोखरा १७ कै बासिन्दा सृष्टि पौडेलले ठुला पार्टी प्रति असन्तुष्टि व्यक्त गदै अबको आवश्यकता भनेको पढेलेखेको राष्ट्रपति वफादारी युवा नेताको आवश्यता भएको गुनासो पोखिन् । युवा शिक्षित नेताको खाँचो रहेको बताइन ।
युवा उम्मेदवार विजय भण्डारीले जनताको समस्या र गुनासो सुन्दै मत मागेको थिए । उनले आफु नष्ट हुने तर भ्रष्ट नहुने बाँचा गरेको जानकारी दिदै जनताको समस्या समाधान गर्न राजनितीमा होमिएको मतदातालाई सुनाए ।
भण्डारीले ठुला पार्टीले जनतालाई भ्रममा पारी मत मागेको चुनाव जितेपछी सत्ता र शक्तिआफ्नो हातमा पारेर देश र जनतालाई बन्द कोठामा राखेको संज्ञा दिए । जनताको मतको कदर गरी जनजिबिकाको ग्यारेन्टी गर्न आफुले उम्मेदवारी दिएको बताए ।
नेपालीको जीवन स्तर उच्च पार्न, देशमै रोजागारीको व्यवस्था गर्न देश विकास गर्न उम्मेद्वारी रहेको मतदातालाई बुझाउदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।
घरदैलो अभियानमा समानुपातिक तर्फका उम्मेद्वार बिष्णु कुमारी गुरुङले आफुलाई समेत मतहाली बिजय गराउन मतदातालाई आग्रह समेत गरेकी थिइन् ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

